काठमाडौँ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् ।
उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।
साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् । साथै उनले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ननेछन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।
प्रतिक्रिया