मोदीलाई दाहालको शुभकामना



 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन् । भारतको लोकसभा निर्वाचनको नतिजा आएपछि नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) ले २ सय ९३ सिटसहित बहुमत ल्याएको छ भने भारतीय जनता पार्टीले २४० जित जितेको छ । ५ सय ४३ सिट रहेको भारतको लोकसभामा २ सय ७३ सिट प्राप्त गरेमा सरकार निर्माणको लागि बहुमत पुग्छ । 

दाहालले मोदीलाई टेलिफोन गर्दै निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्ति गरेका हुन् । साथै, उनले दुई मुलुक बीचको सम्बन्धलाई थप बलियो बनाउनको लागि अबको सरकारसँग पनि सहकार्य गरेर काम गर्ने बताएको प्रधानमन्त्री दाहालको सचिवालयका एक सदस्यले बताए ।

जवाफमा मोदीले दाहालसँग कुरा गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । नेपालस्थित भारतीय दूतावासका अनुसार मोदीले दाहालको न्यानो शुभकामनाको लागि धन्यवाद दिए । साथै, मोदीले भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने साझा प्रतिबद्धतामाथि जोड दिँदै सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भएको उल्लेख गरेका छन् ।

मोदीले बुधबार प्रधानमन्त्रीको रुपमा राजीनामा दिए पनि उनलाई नयाँ निर्वाचनको नतिजाअनुसार नयाँ सरकार नबनेसम्म कामचलाउ सरकारको रुपमा जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १२ : १२ बजे