ओली कम्बोडिया प्रस्थान, प्रचण्ड इटली जाने



काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार राती कम्बोडिया प्रस्थान गरेका छन् । निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया सरकारको निमन्त्रणामा अध्यक्ष ओली त्यसतर्फ एका हुन् । कम्बोडियामा यही जुलाई २३ मा आम चुनाव हुँदैछ ।
अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारीलगायत छन् । अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कनेछन् । अध्यक्ष ओलीले कम्बोडिया जानुअघि पार्टीको कार्यवहाक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी क्रमश वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली जाने भएका छन् । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ । उनी साउन ७ मा प्रस्थान गर्नेछन् ।
बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन् ।
प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुनेछन् ।
उनी एक हप्तापछि फर्किनेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : ४६ बजे