काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । अदालतले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ ।
अर्थात अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ ।
कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३ं अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बन्नेछन् ।
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति शुरुदेखि कै प्रक्रिया असंवैधानिक रहेको ठहर गर्दै उनको नियुक्ति उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।
प्रतिक्रिया