याङ्गुन । म्यानमारको उत्तरी काचिन राज्यमा रहेको जेड खानीमा गएको पहिरोमा परी ज्यान गुमाएका मध्ये मङ्गलबार दिउँसोसम्म १९ जनाको शव निकालिएको छ ।
“स्थानीय समय अनुसार मङ्गलबार दिउँसो २स्३० बजेसम्म १९ वटा शव निकालिएको थियो। मृतक सबै पुरुष रहेको पाइएको छ । खोजी र उद्धार कार्य जारी छ,” हपाकान्त प्रहरी चौकीका एक प्रहरी अधिकारी हान विन ह्लिङले सिन्ह्वालाई बताएका छन् ।
दिउँसो ३ बजेतिर पहिरो गएको हो । स्थानीय समय अनुसार आइतबार म्यानमारको जेड उद्योगको केन्द्र हपाकान्तको माना गाउँ नजिकैको जेड खानीमा ३० जनाभन्दा बढी मानिस बेपत्ता भएका थिए ।
घटनास्थलमा सोमबारदेखि विभिन्न उद्धार संस्थाले खोजी तथा उद्धार कार्य गरिरहेको स्थानीय उद्दारकर्ताले बताएका छन् ।
प्रतिक्रिया