प्रतिनिधिसभा बैठक बुधबार बस्ने



काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न ३ बजे बस्ने भएको छ ।

आज निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि राखिएको थियो ।

सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बुधबार अपराह्न ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ४ : ४४ बजे