एमाले कोशी प्रदेशको अध्यक्षमा खतिवडा निर्वाचित



बिराटनगर– एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

उनले ५१२ मत ल्याएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । ढकालले ४३९ मत पाएका छन् ।खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । उनले कांग्रेसका डिकबहादुर लिम्बूलाई पराजित गरेका थिए । २०७९ को निर्वाचनमा भने उनी लिम्बूसँगै पराजित भएका थिए ।

खतिवडा र ढकाल पद्याधिकारीमा प्यानलनै बनाएर चुनाव लडेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर निर्वाचनमा नजान आग्रह गरेपनि एमालेका प्रदेश निर्वाचनमा प्यानलनै बनेका छन् ।

प्रदेश सचिवमा राजकुमार भण्डारी,उपसचिवमा जलवर्षा राजवंशी र देवान राई विजयी भएका छन् । एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो । प्रदेशको लेखा आयोगका अध्यक्षमा भने मदन अधिकारी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ५८ बजे