काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्षलाई उक्त अधिकार दिएको हो ।
पार्टीका पदाधिकारीहरुसँग परामर्श गरी उपयुक्त समयमा अध्यक्षले निर्णय गर्नसक्ने अधिकार दिएको हो । कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकार छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने बताएको राप्रपा सरकारमा भने गएको छैन । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
यदि उनले विश्वासको मत पाएनन् भने संविधानको धारा १६८ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने छ । त्यसले पनि बहुमत नपाएमा मध्यावधिमा जानेछ । राप्रपाले मंसिर ९, १० र ११ मा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।



प्रतिक्रिया