एशियन कपः जापानको विजयी शुरुआत



काठमाडौँ, पुस २९ । कतारमा जारि एशियन कपमा बलियो टोली जापानले विजयी शुरुआत गरेको छ।

अल थुमाना रंगशालामा समूह डी अन्तर्गत भएको खेलमा जापानले भियतनामलाई ४-२ गोलअन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

जापानका लागि मिनामिनोले २ गोल गर्दा नाकामुरा र युएडाले समान १-१ गोल गरे। भियतनामका लागि न्युवेन र एच फामले समान १-१ गोल गरे।

जितसंगै जापान ३ अंकका साथ समूह डी को शिर्ष स्थानमा पुगेको छ। यसै समूहमा इरान र इन्डोनेसिसा रहेका छन्।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ३४ बजे