सुन-चाँदीको मूल्यस्थिर



काठमाडौँ, ८ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन-चाँदीको मूल्यस्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन यसअघिकै मूल्यमा सुनचाँदीको कारोबार गर्न सकिने भएको हो।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार हुने भएको छ। यसैगरी, चाँदीको भाउ पनि आज स्थिर रहेको महासङ्घले जनाएको छ।

यो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार हुनेछ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : २८ बजे