नेप्से ३१.४९ अंकले घटेर बन्द



काठमाडौँ, ८ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ।

आज नेप्से ३१.४९ अंकले घटेर दुई हजार ९८ दशमलव ६९ विन्दुमा बन्द भएको हो। आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ।

नेप्सेमा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबार भएका कम्पनीमध्ये ३६ वटाको बढेको छ भने २०९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। यी कम्पनीहरुमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ।

जसमा अप्पर स्याङ्गे हाइड्रोपावर र मिडसोलु हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन्। यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ।

त्यस्तै, दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको शेयरमूल्य आज ८.३३ प्रतिशतले घटेको छ।

सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ। आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ०९ बजे