प्रधानमन्त्री कप: कोशीको लगातार सातौं हार, कर्णाली ६ विकेटले विजयी



काठमाडौँ, माघ ९ । कर्णाली प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ। मंगलबार प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।

कोशी प्रदेशले दिएको १५२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २८=३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। कर्णालीको जितमा अर्जुन घर्तिले सर्बाधिक ५० रन बनाएका थिए।

यस अघि कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ३४.३ ओभरमा अल आउट हुFदै १५१ रन बनाएको थियो। कोशीका लागि सुजन थपलियाले सjf{धिक ७३ रन बनाएका थिए।

यो जितपछि कर्णालीको ६ खेलमा ६ अंक भएको छ। त्यस्तै कोशी प्रदेशले भने लगातार सातौ खेलमा हार बेहोरेको छ।

अब कर्णालीले अर्को खेल शुक्रबार नेपाल पुलिस क्लबसँग टियु मैदानमा खेल्ने छ भने कोशी प्रदेशले बुधबार सुदूरपश्चिम प्रदेशसँग टियु मैदानमा खेल्ने छ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : ०१ बजे