पाकिस्तानविरुद्ध नेपाल ब्याटिङमा



माघ १०, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर ब्याटिङ रोजेका हुन्।

नेपाल प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ। नेपाल आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। उक्त पराजय भुलाउन आजको खेल जित्ने दाउमा रहेको छ।

पाकिस्तान भने लगातार दोस्रो जित निकाल्न चहान्छ। पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले हराएको थियो।

यु-१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच दुई पटक प्रतिस्पर्धा भएको थियो। सन् २००२ मा भएको भेटमा नेपाल ३० रनले विजयी भएको हो। सन् २०१६ को पछिल्लो भेटमा पाकिस्तान १२२ रनले विजयी भएको थियो। आज हुने खेल तेस्रो भेट हो।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : ४३ बजे