आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीका कमाण्डरहरु मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेका छन्। जनकपुरधाम पुगेका उनीहरुले आज जानकी मन्दिरको सरसफाई गर्नुका साथै त्यहाँ मार्चपास गरेका छन्।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघ (बिहिबार) मधेस बन्दको गर्ने घोषणा गरेको छ। ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो।
आजपा प्रवक्ता चन्द्रभुषण साहले मधेस बन्दको पूर्वसन्ध्यामा आज मधेस प्रदेशका आठै जिल्लामा मसाल जुलुश निकालिएको बताए। जनकपुरधाममा आज जानकी मन्दिरमा सरकार सफाईका साथै आईटी आर्मीले मार्चपास गरेको उनले बताए।
‘बैंकिंग लुटको विरुद्ध माघ ११ गतेको मधेश बन्दलाई सफल पार्न जनकपुरधाममा पुगेका आईटी आर्मीका कमाण्डरहरुले जानकी मन्दिरबाट मदेश सरकारको गन्दगीलाई जसरी पनि सफमाÞ गरेर छाड़ने प्रतिबद्धता व्यक्त गरेका छन्’ प्रवक्ता साहले भने।
मधेस बन्दको पूर्व सन्ध्यामा आजपा निकटका बिभिन्न भातृसंगठनहरुको बैठक जिल्ला–जिल्लामा भएको छ। बन्दलाई सफल बनाउँन निर्णय गर्दै उनीहरुले जिम्मेवारी समेत बाँडफाँड गरिएको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।
११ माघमा राष्ट्रिय सभाको निर्वाचन समेत भईहरेको छ। तर, आजपाले निर्वाचन समेत बिथोल्ने गरी आफ्नो पूर्वघोषित मधेस बन्द सफल बनाउँन लागि परेका छन्। मधेस बन्द सफल बनाउँनका लागि उनीहरु योजनाबद्ध तरिकाले बिभिन्न कार्यक्रम तय गरेका छन्।
मधेश बन्द सफल पार्न कलैया, पथलैया, बीरगंज, राजविराज, लहान, जनकपुर, गौर, चन्द्रपुर, मलंगवा लगायत मधेसका बिभिन्न शहरमा मसाल जुलुस प्रदर्शन भएको छ।



प्रतिक्रिया