हेटौंडा, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भएका हुन्। बिजयी हुनेहरुमा काङ्ग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छन् भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन्। कांग्रेसका पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार कांग्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे।
बिजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्ग्ता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे। हेटौंडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए।
स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए।



प्रतिक्रिया