रावलको अर्धशतकमा पुलिसलाई १७२ को लक्ष्य



काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ओपनर दिवान पुनको अर्धशतकको सहयोगमो कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले ४२ दशमलब ५ ओभरमा अल आउट हुँदै १ सय ७१ रन बनायो ।

कर्णालीका लागि ओपनर निश्चल रावलले १ सय ७ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर तथा कप्तान रविन्द्रजंग शाहीले ३५ बलमा ४० रन बनाए । पहिलो विकेटका लागि रावल र शाहीले ६३ रनको साझेदारी गरे पनि टोलीले नियमित विकेट गुमाउँदा टोली कम स्कोरमा रोकिन पुग्यो । विकेटकिपर अर्जुन घर्तीले ३४ बलमा २३ रन बनाए ।

नवौं नम्बरमा कर्णालीका लागि ब्याटिङमा आएका दिवान पुनले ५ बलमा २० रन बनाए । उनले सागर ढकालको ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए ।

पुलिसका लागि सागर ढकालले तीन तथा ललित भण्डारीले दुई विकेट लिए।

पुलिस आजको खेल जितेर फाइनलको सम्भावना बलियो बनाउँन चाहान्छ । शीर्ष चारको सम्भावना कायमै राख्न कर्णालीलाई यो खेल जित्न आवश्यक छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : ४४ बजे