आहा रारा गोल्डकप: एपीएफलाई पराजित गर्दै पुलिस क्वार्टरफाइनमा



एपीएफलाई पराजित गर्दै नेपाल पुलिस २३औँ आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा एपीएफलाई २-० गोलअन्तरले पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा पुगेको हो।

पुलिसका लागि दुबै गोल डिफेन्डर मानबहादुर परियारले गरे। खेलको १९औँ मिनेटमा मानबहादुरले पुलिसलाई अग्रता दिलाएका थिए। ७१औँ मिनेटमा मानबहादुरले नै अग्रता दोब्बर बनाए। त्यसपछि कुनै गोल हुन नसक्दा पुलिस २-० गोल अन्तरको जित हासिल गर्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो।

पुलिसले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो क्वार्टरफाइनल थ्री स्टार र भुटानी लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुने छ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ४० बजे