संकटालाई हराउँदै आर्मी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा



माघ १४, काठमाडौँ । विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार पोखरा रंगशालामा सम्पन्न खेलमा साविक विजेता संकटा क्लबलाई ३-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। आर्मीलाई जित दिलाउन दिनेश हेन्जन २ र जिलेस्पीजंग कार्कीले १ गोल गरे।

यो जितसँगै आर्मीले सेमिफाइनलमा अब चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीचको विजेतासँग १८ फागुनमा खेल्नेछ।

संकटाले सिधै बाइ पाएर क्वाटरफाइनलमा खेलेको हो भने आर्मीले पहिलो खेलमा राइजिङ स्टारलाई‌ पराजित गर्दै अन्तिम ८ मा पुगेको थियो। ४ पटक फाइनल खेलेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकप जितेको छैन। दुई पटकको विजेता संकटा यसपटक पहिलो खेलमै पराजित भएको छ।

यस्तै जारी प्रतियोगिता अनतर्गत सोमबार मनाङ मर्स्याङदी क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ०८ बजे