चौतारा स्पोर्टिङ क्लब नगरस्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक 



माघ, १७ चौतारा (सिन्धुपाल्चोक) । चौतारा स्पोर्टिङ क्लबको आयोजनामा हुने दोस्रो संस्करणको नगरस्तरीय अन्तर मावि ७ ए साइड फुटबल प्रतियोगिता २०८० को खेल तालिका सार्वजनिक भएको छ। आयोजना स्पोर्टिङ क्लबले बिहीबारबाट शुरू हुने प्रतियोगिताका खेल तालिका बुधबार सार्वजनिक गरेको हो। प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा श्रीज्ञान मन्दिर नमुना मावि मेलचौरले श्री कालीदेवी मावि कदमबासको सामना गर्नेछ। यो खेल बिहिवार अर्थात् भोलि बिहान ११ बजे हुनेछ। प्रतियोगिताका सबै खेल चौताराको टुँडिखेलस्थित मिनी रंगशाला हुनेछ। 

“खेल र खेलाडी हाम्रो शान ! सक्षम खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ शुरू हुने यस प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका विद्यालयहरूको सहभागिता रहनेछ। यस प्रतियोगिताका लागि नगर खेलकुद विकास समितिसँगको समन्वयमा र जिल्ला फुटबल संघ सिन्धुपाल्चोकले प्राविधिक सहयोग गरेको छ। साथै, प्रतियोगिताको उद्घाटन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सञ्चालन हुने पनि आयोजक चौतारा स्पोर्टिङ क्लबले जनाएको छ।

यस्तै गत बर्ष श्री कृष्ण रत्न गंगा मावि चौताराले फाइनलमा श्री जुगल बोर्डिङ हाई स्कूल चौतारालाई २-१ ले हराउँदै उपाधिसँगै नगद विजेताले १५ हजार जितेका थिए।

यसपटक भने विजेताले ३० हजार र उपविजेता २० हजार ट्रफी मेडल पाउनेछन्।

सहभागी विद्यालयहरु: श्री वनदेवी मा.वि. भुलभुले, श्री इन्द्रावती मा.वि. भिमटार, श्री कृष्ण रत्न गंगा मा.वि. चौतारा, श्री जुगल बोर्डिङ हाई स्कूल चौतारा, श्री कुण्डला देवी मा.वि. ठूलोसिरुवारी, श्री जनविकास मा.वि. साँगाचोक, श्री सेतीदेवी पन्चकन्या मा.वि. कुविण्डे, श्री कालीदेवी मा.वि. कदमबास, श्री सेतीदेवी मा.वि. स्याउले, श्री सिद्दिकमला देवी मा.वि. पिपलडाँडा, श्री इर्खु मा.वि. इर्खु, श्री सिद्दि गणेश मा.वि. सानोसिरुवारी, श्री डडुवा भवानी शंकर मा.वि. डडुवा, श्री ज्ञान मन्दिर नमुना मा.वि. मेलचौर रहेका छन्।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ३१ बजे