भारतसँग नेपाल १३२ रनले पराजित



काठमाडौँ, १९ माघ । यू१९ विश्वकप क्रिकेटको सुपरसिक्स अन्तर्गतको खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ।

भारतले दिएको २९८ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि ब्याटिङमा कप्तान देव खनालले ३३ रन बनाएका थिए भने दुर्गेश गुप्ताले अविजित २९ रन बनाए। त्यस्तै अर्जुन कुमालले २६, दीपक बोहोराले २२ र आकाश चन्दले अविजित १८ रन बनाएका थिए।

त्यस्तै बलिङतर्फ भारतका सौम्य पाण्डेले ४ विकेट लिए भने अर्शिन कुल्कर्नीले २ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो। भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए। त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए।

बलिङतर्फ नेपालका लागि गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले १ विकेट लिएका थिए।

यो सँगै भारत यू-१९ विश्वकपको सेमिफाइनलमा पुगेको छ। भारतले ४ खेलमा ८ अंक जोडेको छ। हरासँगै नेपालको विश्वकप यात्रा भने समाप्त भएको छ। 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ३७ बजे