नेपाल बंगलादेशसँग पराजित



काठमाडौँ, १९ माघ । साफ यु-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोलि बांगलादेशसँग पराजि भएको छ।

शुक्रबार ढाकाको मुस्तफा कमल रंगशालामा सम्पन्न खेलमा नेपाल ३-१ गोलअन्तरले पराजित भएको हो।

बांगलादेशको जितमा एमएसटी सागोरिकाले २ गोल गर्दा मुन्की अख्तरले १ गोल थपिन्। नेपालका लागि सुक्रिया मियाले एक गोल गरिन्।

नेपालले आफ्नो दोस्रो खेलमा माघ २१ गते आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ। आजबाट सुरु भएको यस प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र नेपाल रहेका छन्।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ४३ बजे