वायुसेवा निगमले २ वटा न्यारोबडी जहाज ल्याउन गर्‍यो टेन्डर आह्वान



काठमाडौँ, माघ २३ । नेपाल वायुसेवा निगमले २ वटा न्यारोबडी जहाज भाडामा लिन ग्लोबल टेन्डर आब्हान गरेको छ। निगमले मंगलबार टेन्डरको सूचना जारी गर्दै २२ मार्च भित्र प्रस्ताव माग गरेको हो।

संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले २ वटा न्यारोबडीको लागि सूचना जारी गरेको बताएका छन्।

मंगलबार (६ फेब्रुअरी, २०२४) मा अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गर्दै निगमले दुई वटा न्यारोबडी जहाज लिजमा लिन लागेको जनाएको छ । २२ मार्च २०२४ सम्म ४५ दिने अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको निगमले जहाज मात्र भाडामा लिने जनाएको छ।

टेन्डरको सूचना अनुसार जहाज उत्पादक कम्पनी, वायुसेवा सञ्चालक, जहाज भाडामा दिने कम्पनीले टेन्डरमा भाग लिन पाउने छन्।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ११ बजे