काठमाडौँ महानगरको खाली गरायो शान्तिबाटिका



काठमाडौँ, माघ २३ । काठमाडौँ महानगर प्रहरीले शान्तिबाटिका खाली गराएको छ। माइतीघरको निषेधाज्ञा पछि आन्दोलनकारीहरु विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए।

मिटरब्याजी पीडित निषेधाज्ञा भन्दा अगाडिदेखि नै यहाँ बस्दै आएकोमा माइतीघरको निषेधाज्ञापछि अन्य समूहहरूले पनि शान्ति बाटिकामा आश्रय लिँदै आएका थिए।

शान्तिबाटिका पार्कबाट हटाउन खोजेको भन्दै यसअघि पनि त्यहाँ धर्ना दिइरहेकाहरूले प्रदर्शन गर्दै आएका थिए।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : २२ बजे