कतारलाई लगातार दोस्रोपटक एशियन कपको उपाधि



माघ २८, काठमाडौँ । जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ।

शनिबार राति सम्पन्न खेलमा घरेलु टोली कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए। त्यसैगरी जोर्डनका लागि १ गोल यजन अल नैमतले गरेका थिए।

कतारले यस अघि २०१९ मा पहिलो पटक उपाधि जितेको थियो। योसँगै लगातार दोस्रो पटक उपाधि जितेको छ। कतार लगातार दोस्रो पटक एशियन कप जित्ने चौथो देश बनेको छ। यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एशियन कप जितेको थियो।

योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १० : ४८ बजे