विश्वकप लिग-२ : नेपाल नामिबियासँग पराजित



फागुन ३ काठमाडौँ । विश्वकप लिग २ को त्रीकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।

टियू मैदानमा विहिवार भएको खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो।

जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ३३.१ ओऊरमा ६ विकेटको क्षतिमा पुरा गर्यो।

नामिबियाका लागि मिचेल भानले २३, निकोलस डाभिनले १५, जान फ्राइलिकले ३४ रन बनाए। त्यस्तै नामिबियाका जान निकोलले ३१ रन बनाउदा जेजे स्मिथ १७ र रुबेन ट्रुमप्लेमन १ रनमा नटआउट रहे।

नेपालका लागि सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए। ललित राजवंशिले २ विकेट लिदा कप्तान रोहित पौडेलको नाममा १ विकोट रह्यो।

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमा अलआउट भएको थियो।

नेपालका लागि भिम सार्किले ८६ बल खेल्दै २ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

ओपनर कुशल भुर्तेल रोयल डक आउट हुदा आशिफ सेख ४ रनमा आउट हुदा अनिल शाहले ८ रन, कुशल मल्लले १५ रन, गुल्सन झाले २१ रन र करण केसिले १६ रन बनाएका थिए।

नामिबियाका लागि कप्तान ग्रेहाड इरासमसले सर्वाधिक ५ विकेट लिएका थिए। त्यस्तै रुबेन त्रुमप्लेनमेन र ज्याक ब्रसेलले २र२ विकेट लिदा जान निकोलले १ विकेट लिएका थिए।

नेपालले सिरिजको दोस्रो खेलमा शनिवार नेदरल्यान्डसंग खेल्नेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ३ : ४९ बजे