विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै



फागुन ५ काठमाडौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग भिड्ने भएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृंखलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३/२०२७) को सुरुवात गर्न गर्न लागेको हो।

यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो।

लिग–२ शृंखलाला सन् २०२७ सम्म चल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : ४६ बजे