बालकुमारी घट्नाका दोषीलाई कारवाही हुन्छ ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घट्नामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले, घट्नाबारे समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन आफूले गरेको र आजको मन्त्रिपरिषद्को बैठले निर्णय गर्ने र आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाए।

उनले भने,‘सरकारको तर्फबाट बालकुमारी घट्नामा तत्काल लिएको पहल र क्रियाकलापबारे विल्कुल गलत सूचना भएको मंैले महशुुस गरे। सरकारले त्यस घट्नामा संलग्नलाई तत्कालै निलम्बन गर्नका लागि र पीडितहरुका सवालमा मान्यहरुले भन्नुभयो १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा विल्कुल तथ्यहीन हो। छानविन समिति पक्कै प्रतिपक्षले बनाएको त होईन। सरकारले नै बनाएको हो। मैंले हेर्दैछु आजै मन्त्रिपरिषद् छ। प्रतिवेदनको अध्ययन गरेको छु आवश्यक कारबाही गरिन्छ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बसेको आरोप लगाएका थिए। त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले पनि उक्त घट्नामा गृहमन्त्री र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : ४८ बजे