नीलगाई र बाँदरले पु¥याएको क्षतिको राहत दिइने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पु¥याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरको वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको भन्दै आउँदा दिनमा वन्यजन्तुले पु¥याएको क्षतिलाई बिमासँग आबद्ध गरी विशेष कार्यक्रम सञ्चालन गर्ने बताए। उनले भने,‘वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको छ। कार्यविधि अनुसार प्रदेश सरकार र स्थानीय सरकार समेतको सहभागितामा राहत वितरण गर्ने व्यवस्था गरिएको छ।

तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पु¥याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको छ। आउँदा दिनमा वन्यजन्तुले पु¥याएको क्षतिलाई बिमासँग आबद्ध गरी वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबिच समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गरिँदै छ।’उनले मुक्त कमलरी र सुकुम्वासी समस्या समाधानका लागि लागि राष्ट्रिय भूमि आयोगले काम गरिरहेको बताए । हालसम्म १० लाख बढी निवेदन संकलन ४ हजार ५ सय ८४ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरिसकेको भन्दै केहि कानुनी जटिलताका कारण सम्बन्धित कानुन संशोधनको कार्य अगाडि बढाइएको पनि जानकारी दिए।

उनले भने,‘मुक्त कमलरी र सुकुम्वासी समस्या समाधान विषयमा विगतदेखि सरकारले प्रयासहरु गर्दै आएको छ। राष्ट्रिय भूमि आयोग गठन गरी स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको छ। हालसम्म १० लाख बढी निवेदन संकलन भएको छ। यस्तै ४ हजार ५ सय ८४ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरिसकेका छन्। केही कानुनी जटिलताका कारण सयसँग सम्बन्धित कानुन संशोधनको कार्य अगाडि बढाईएको छ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ३ : ०४ बजे