आठौँ कृष्ण ध्वज स्मृति टेबुलटेनिस फागुन १३ देखि



फागुन ७ काठमाडौँ । आठौँ संस्करणको स्वर्गीय कृष्णध्वज स्मृति टेबुलटेनिस प्रतियोगिता फागुन १३ देखि हुने भएको छ।

आयोजक रिड टाइल्स प्रा.लिले सोमबार यस प्रतियोगिता फागुन १३ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने जानकारी गराएको हो।

प्रतियोगितामा देशभरका विद्यालय तथा कलेजहरूबाट २५० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विद्यालयतर्फ यू-१० ब्वाइज सिंगल्स, यू-१० गर्ल्स सिंगल्स, यू- १२ ब्वाइज सिंगल्स, यू-१२ गर्ल्स सिंगल्स, यू-१४ ब्वाइज सिंगल्स, यू-१४ गर्ल्स सिंगल्स, यू- १६ ब्वाइज र यू-१६ गर्ल्स सिंगल्स गरेर ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ।

कलेजतर्फ मेन्स सिंगल्स र वुमान्स सिंगल्स गरेर दुई स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय (सेमिफाइनलमा पराजित दुवै) खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ०२ बजे