नेपाल ‘ए’ को रोमाञ्चक जित



फागुन ८ काठमाडौँ । क्यानडा ११ विरुद्धको एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ।

क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो। नेपालका लागि कप्तान सन्दीप जोराले ६६ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै, अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रनको योगदान दिए। यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो।

क्यानडाका श्रेयास मोभाले ६८, नवनीत धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए। बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २–२, बसिर अहमद र सागर ढकालले १–१ विकेट लिएका थिए।

जितसँगै नेपाल ‘ए’ टीमले क्यानडाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज १–१ को बराबरी गरेको छ। पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासंग पराजित भएको थियो। नेपाल ‘ए’ टीम क्यानडासँग ४ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : १९ बजे