विश्वकप लिग-२ : नेपालले आज नामिबियाको सामना गर्दै



काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार साढे ९ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आजको खेलमा बदला लिने योजनामा रहेको छ। यस्तै नेपालले दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जित हासिल गर्‍यो।

त्रिदेशीय शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन्। हालसम्म सबै टोलीले समान एक खेलमा जिीत र एक खेलमा हार बेहोरेका छन्। नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ। त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन्।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृंखलाबाट आईसीसी विश्वकप लिग २ को सुरुवात गरेको हो।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ५३ बजे