नामिबियाविरुद्ध नेपाल ब्याटिङमा



फागुन ८ काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आजको खेलमा बदला लिने योजनामा रहेको छ। यस्तै नेपालले दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जित हासिल गर्‍यो।

त्रिदेशीय शृङ्खलामा तीनै टोलीले २/२ खेल खेलेका छन्। हालसम्म सबै टोलीले समान एक खेलमा जिीत र एक खेलमा हार बेहोरेका छन्। नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ। त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन्।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृंखलाबाट आईसीसी विश्वकप लिग २ को सुरुवात गरेको हो।

नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, करन केसी, भीम सार्की, सोमपाल कामी, ललित राजवंशी र अनिलकुमार शाह, देव खनाल, दिपेन्द्र सिंह ऐरी ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : ४५ बजे