सभापति देउवाले भने “म पनि हिन्दू राष्ट्र पक्षधर हूँ”



फागुन ९ काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले आफू पनि हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएका छन्। तर, अहिले उपयुक्त समय नभैसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि सभापति देउवाले स्पष्ट गरेका छन्।

नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र पुनस्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले अभियान सम्बध्द सूत्रले नेपाल न्यूज बैंकसँग बतायो।

सभापति देउवाको भनाई उदृत गर्दै सूत्रले भन्यो, “म पनि हिन्दू राष्ट्रको पक्षधर नै हुँ तर अहिले नै खुलेर समर्थन गर्दा द्वन्द हुनसक्छ, फुकेर हिँड्नुपर्ने समय छ। त्यसैले उपयुक्त समय कुर्नुपर्छ।”

सभापति देउवासँग अभियानका संयोजक शंकर भण्डारी, उपसंयोजकहरु लोकेश ढकाल र देवेन्द्र कँडेल, कोषाध्यक्ष भानुभक्त ढकाल, सदस्यहरु मुक्तादेबी यादव, भीम पराजुली र गेहेन्द्र गिरी सहभागी थिए।

अभियानले अहिलेसम्म ९ सय पचास महासमिति सदस्यहरुको समर्थन जुटाईसकेको जनाएको छ। १९ सय पचास दर्ता भएका महासमिति सदस्यहरुको बहुमत समर्थन जुट्ने अभियानको भनाई छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : २३ बजे