विश्वकप क्रिकेट लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल ब्याटिङ गर्दै



काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ को चौथो खेलमा नेदरल्यान्ड्ससँग खेल्न लागेको नेपालले टस हारेको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिको हो। नेपालले पहिला ब्याटिङ गर्ने छ।

नेपालले टोलीमा आज आरिफ शेखलाई समेटेको छ। उनलाई देव खनालको स्थानमा टोलीमा समेटिएको हो। यसअघि भएको पहिलो र तेस्रो खेलमा नेपाल नामिबियासँग ४ र २ विकेटले पराजित भएको थियो। आफ्नो दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियोे।

नेपालको प्लेइङ-११
आशिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, अनिलकुमार शाह, भीम सार्की, रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, गुल्शनकुमार झा, करण केसी र ललित

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : २८ बजे