केपी ओली कप : उपाधिका लागि मछिन्द्र र एनआरटी भिड्दै



काठमाडौं । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कप फुटबलको उपाधि भिडन्त आज हुँदै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेदेखि सुरु हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र न्यूरोड टिम एनआरटी आमने सामने हुने छन्।

सेमिफाइनलमा मच्छिन्द्रले भारतको भानेभञ्ज्याङ एफसीलाई ५-० गोलको एकतर्फी जित निकाल्दै फाइनलमा स्थान बनाउँदा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको उपाधि विजेताले ११ लाख तथा उप विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। फाइनल अघि दिउँसो २ बजेदेखि दशरथ रंगशालामा सांगीतिक प्रस्तुती पनि हुने छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : ३१ बजे