इलाममा मतान्तर बढाउँदै सुहाङ



काठमाडौं, वैशाख प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र.२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।

फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका ६ वडाबाहेकको १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् । कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रोमा छन् ।

रास्वपाका मिलन लिम्बु भने चौथोमा छन् । उनले ११६२ मत ल्याएका छन् । इलाम २ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ४४ बजे