काठमाडौँ, माघ २९ गते । गर्मी बढेसँगै धरहरा अवलोकन समय एक घण्टा बढाइएको छ। माघ १५ देखि अब टिकट काट्ने समय ४ः१५ बजेसम्म तोकिएको छ, र साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने आयोजनाका निर्देशक प्रकाश अर्यालले जानकारी दिनुभयो।
गत मङ्सिर ९ देखि सञ्चालनमा आएको धरहराले तीन महिनामा रु १ करोड ५२ लाख राजस्व सङ्कलन गरिसकेको छ। हाल दैनिक करिब १,२०० आगन्तुक आउँछन्।
धरहरा चढ्न नेपालीलाई रु २००, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई ५०% छुट, सार्क राष्ट्रका पर्यटकलाई रु ५००, र अन्य राष्ट्रका पर्यटकलाई रु १,००० शुल्क लाग्नेछ।
धरहरा परिसरमा प्रवेशका लागि रु ५०, चारपाङ्ग्रे सवारी पार्किङ प्रतिघण्टा रु २०, दुईपाङ्ग्रे सवारीका लागि रु १० लाग्नेछ। विज्ञापन, भिडिओ छायाङ्कन, र फोटोग्राफीका लागि छुट्टै शुल्क व्यवस्था गरिएको छ।
प्रतिक्रिया