रसियाद्वारा तालेवान सरकारलाई मान्यता


बीबीसी

२० असार २०८२, शुक्रबार  

0
Shares

रसियाले अफ्गानिस्तानको तालिवान सरकारलाई औपचारिक मान्यता दिएको छ । अफ्गानिस्तानको तालिवान शासनलाई मान्यता दिने रसिया पहिलो मुलुक बनेको हो । अफ्गानिस्तानका विदेशमन्त्री अमिर खान मुत्तकी ले यसलाई साहसिक निर्णय भनी प्रतिक्रिया दिएका छन् ।

अफ्गानिस्तान भ्रमणमा रहेका रसियाका राजदूत दिमित्री झिर्नोभले आज काबुलमा अफ्गानी विदेशमन्त्रीसँगको भेटमा इस्लामिक इमिरेट्स अफ अफ्गानिस्तानलाई आफ्नो सरकारले मान्यता दिएको जानकारी दिएका हुन् । विदेशमन्त्री मुत्तकीले दुई मुलुकबीचको सौहाद्र्धपूर्ण सम्बन्ध र आपसी हितका लागि यो कदम सकारात्मक भएको बताए ।

सन् २००१ को अगष्टमा तालेवान अफ्गानिस्तानको सत्तामा आएयता अन्तर्राष्ट्रिय मान्यता र लगानीको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : ०४ बजे