अमेरिकाको टेक्सासमा एक्कासी आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा १५ बालबालिका छन् । बाढीबाट सबैभन्दा बढी प्रभावित केर काउन्टीमा मात्र ४३ जनाको मृत्यु भएको हो । जहाबाट २७ बालबालिका बेपत्ता भएका छन्
हराइरहेका सबैको खोजीकार्य तीब्र पारिएको अधिकारीहरुले जनाएका छन् ।
अहिलेसम्म ८ सय ५० भन्दा बढीको उद्धार गरिएको छ ।
टेक्ससको गुवाडालुप नदीमा बाढी आएको हो । बाढीले केही सडकमा पनि क्षती पुर्याएको छ । बाढीपछि टेक्ससका केही क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।
प्रतिक्रिया