रूसको सुदूरपूर्वमा करिब ५० जना यात्रु बोकेको यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । साइबेरिया मूख्यालय रहेको एंगारा नामक एयरलाइन्सको एन–२४ विमान र ट्राफिक कन्ट्रोलबीचको सम्पर्क टुटेको क्षेत्रीय गभर्नरले बताएका छन् । सो विमानको खोजीकार्य जारी छ ।
स्थानीय आपतकालीन मन्त्रालयका अनुसार सो विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने त्रममा राडारबाट हराएको अधिकारीहरुलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।
क्षेत्रीय गभर्नर भासिली ओर्लोभले प्रारम्भिक विवरणअनुसार विमानमा पाँच जना बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको बताएका छन् ।
उनले टेलिग्राममा लेखेका छन्, “विमानको खोजीका लागि सबै आवश्यक बल र स्रोत परिचालन गरिएको छ ।”
यद्यपि, आपतकालीन मन्त्रालयले विमानमा करिब ४० जना रहेको बताएको छ ।



प्रतिक्रिया