शेयर बजारमा उच्च अंकको वृद्धि



शेयर कारोबारमापक नेप्से आज उच्च अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारमापक नेप्से परिसूचक ५३ दशमलव शुन्य १ अंकले बढेर २ हजार ८ सय १९ दशमलव १ अंकले बढेको हो । सबै उपसमुहको उपसूचक बढेकाले समग्र बजार प्रभावित भएको हो ।

बजार बढ्दा कारोबार रकम पनि बढेको छ । आज कुल ३ सय २१ कम्पनीको ७२ हजार ५२८ कारोबारबाट ७ अर्ब ६८ कारेड ३३ लाख ८६ हजार रुपैयाँ बराबरका १ करोड ४९ लाख ८६ हजार १ सय ४२ कित्ता शेयर खरिदविक्रि भए । अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएको थियो । २३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो ।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । समता घरेलु लघुवित्तको ९.३६, ग्रिन भेन्चर्सको ८.०८, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.६०, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.२८, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५३ तथा लुम्बिनी विकास बैंकको ५.२३ प्रतिशत मूल्य बढ्यो ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ०१ बजे