प्रहरीद्वारा आपराधिक पृष्ठभूमीका युवाको सूची तयार



प्रहरीले विभिन्न अपराधिक समूहमा सक्रिय युवाहरूको सूची तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दीमा संलग्न तथा आपराधिक पृष्ठभूमीका युवाको प्रोफाईल तयार पारेको जानकारी दिएको हो ।

हालसम्म १ हजार ९७ जनाको प्रोफाईल तयार भइसकेको काठमाडौंका एसपी तथा प्रबक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । त्यस्ता गतिविधिमा संलग्न व्यक्तिको नाम, ठेगाना, पेसा, क्रिमिनल रेकर्ड सिस्टम, उनीहरुको कनेक्शन तथा नेक्सस, पारिवारिक पृष्ठभूमी, ट्राभल हिस्ट्री र अन्य सम्बन्धित डकुमेन्टसहितको प्रोफाईल तयार पारिएको उहाँले बताउनुभयो ।

त्यस्ता गतिविधिमा संलग्न अन्यको पनि सूचना उपलब्ध गराउन पनि प्रहरीले भनेको छ । काठमाडौं प्रहरीले भदौ २३ र २४ को जेनजी आन्दोलनयता भएका कामकारबाहीबारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : ३७ बजे