अमेरिका–इरान तनाव फेरि चर्कियो, खाडी क्षेत्रमा नयाँ आक्रमण



इरानले खाडी क्षेत्रका छिमेकी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डामाथि नयाँ आक्रमण गरेको दाबी गरेको छ भने अमेरिकाले रातभर इरानका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको जनाएको छ ।

तेहरानले जोर्डन, कुवेत र बहराइनमा रहेका अमेरिकी लक्ष्यहरूमा प्रहार गरेको बताएको छ । यी आक्रमणहरू युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिलाई थप कमजोर बनाउने घटनाका रूपमा हेरिएको छ ।

यता अमेरिकी सेनाले होर्मुज जलसन्धिमा “निर्दोष समुद्री यात्रीहरूलाई धम्की दिने इरानको क्षमता कमजोर बनाउन” भन्दै इरानका विभिन्न स्थानमा छ घण्टासम्म निरन्तर आक्रमण गरेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । उनले मंगलबार इरानको ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाउन सकिने बताएका थिए ।

इरानका शीर्ष वार्ताकार मोहम्मद बाघेर गालिबाफ ले “इरानको हितमा नभएको कुनै पनि सम्झौता पालना गर्ने कारण छैन” भन्दै तेहरानले आफ्नो राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने बताएका छन् ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी केन्द्रहरू, बन्दर अब्बास र ग्रेटर टुन्ब टापुमा आक्रमण गरिएको छ, सैन्य कमाण्ड केन्द्रहरू

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानसहित विभिन्न क्षेत्रमा विस्फोट सुनिएको थियो र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  २ : ४४ बजे