काठमाडौँ : नेपाली कांग्रेसले भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सम्मेलन हुने भएको हो। कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।
महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार सम्मेलनसँगै ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी गरिनेछ।
सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल छलफल हुनेछ। छलफलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहने आयोजकको भनाइ छ। सम्मेलनमा ‘मेरो उद्यमशील यात्रा’ कार्यक्रम पनि रहनेछ, जसमा प्रेरणादायी व्यक्तित्वहरुको स्टोरीटेलिङ सेसन हुनेछ।




प्रतिक्रिया