विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीले विश्वासको मत पाएका हुन् । कार्कीको पक्षमा ५७ मत पर्दा २२ मत मात्रै विपक्षमा परेको हो।
कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। दुवै दलका सबै सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेपछि उनले ५७ मत पाएका हुन्। बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।





प्रतिक्रिया