सुपर सेती हाइड्रोको बाटो खन्ने क्रममा पहिरो, दुई जनाको मृत्यु



कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदारको मृत्यु भएको छ ।

पहिरोमा परी गम्भीर घाइते भएका धनकुटाको पाख्रिबास नगरपालिका–८ घर भएका २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ घर भएका २७ वर्षीय किसान राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ११ बजेतिर खसेको पहिरोमा परी उनीहरू घाइते भएका थिए । घाइते दुवैलाई स्थानीयले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाएका थिए ।

पहिरोमा एक जना घाइते भएका छन् । इलामका ३२ वर्षीय भक्तबहादुर मगरको उपचार भइरहेको छ । उनको घुँडामा चोट छ भने अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ३ : १९ बजे