काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन्। भट्टराईले आशा, भरोसा र विश्वासको जगमा दुवै नेता नेतृत्वमा आएको उल्लेख गर्दै बधाई तथा शुभकामना दिएका हुन्। साथै, उनले जनताको विश्वास टुट्न नदिन आग्रह पनि गरेका छन्।
‘नेकपा एमालेका सचिव योगेश भट्टराई भान्छन् बधाई तथा शुभकामना! नेपाली कांग्रेसका नवनिर्वाचित सभापति र वरिष्ठ उपसभापति प्रिय साथि गगनजी र विश्वजीलाई,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘आशा, भरोसा र विश्वासको जगमा तपाईंहरु नेतृत्वमा आउनु भएको छ, टुट्न दिनुहुने छैन!
’
उनले लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनमा सहकार्य र स्वस्थ राजनीतिक प्रतिस्पर्धाको फराकिलो मार्गमा भेट हुने विश्वास व्यक्त गरेका छन्।
भट्टराईले व्यक्ति र स्वार्थ केन्द्रित दूषित सत्ता गठबन्धनको ‘म्युजिकल चियर’बाट मुलुकलाई मुक्त गर्नुपर्ने बताएका छन्। सम्मानित तथा मर्यादित राजनीतिक संस्कृति निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक आयोजना गरेकोमा भट्टराईले समस्त कांग्रेसजनलाई बधाई दिएका छन्।
‘लोकतन्त्र र संविधानको रक्षा, विकास र कार्यान्वयनमा सहकार्य अनि स्वस्थ राजनीतिक प्रतिस्पर्धाको सुखद र फराकिलो राजमार्गमा हाम्रो भेट हुनेछ। तपाईं/हाम्रो साझा प्रयत्नले व्यक्ति र स्वार्थ केन्द्रित दुषित सत्ता गठबन्धनको अत्यासलाग्दो म्युजिकल चियरबाट मुलुकलाई मुक्त गर्नुपर्ने छ। सम्मानित तथा मर्यादित राजनीतिक संस्कृति निर्माण गर्नुछ,’ उनले भने, ‘१५ औ महाधिवेशनको सफल आयोजनाका लागि समस्त कांग्रेसजनलाई बधाई छ।





प्रतिक्रिया