चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन सञ्चारमन्त्रीकाे आग्रह



काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन्।

बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई साेमबार मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उनले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठुलो अपेक्षा राखेको बताए।

चलचित्र सरकारले बनाउने होइन, सरकारले चलचित्र बनाउनको लागि एकदमै ठूलो भूमिका खेल्ने पनि होइन”, मन्त्री तिमिल्सिनाले भने, “सरकारले सही वातावरण दिने, सही नीति दिने र प्रोत्साहन गर्ने हो । बोर्डले सरकार र चलचित्रकर्मीहरूको बीचमा रहेर चलचित्र क्षेत्रको विकासका लागि ठोस रूपमा काम गर्नुपर्छ ।”

उनले बोर्ड एउटा निश्चित वर्गको अथवा एउटा निश्चित दायरामा पर्ने मान्छेहरूको लागि मात्रै हो भन्ने बुझाईबाट बाहिर ल्याएर सम्पूर्ण चलचित्रकर्मीहरूको बोर्ड हो भन्ने बनाउनुपर्नेमा जोड दिए।

जब त्यो अपनत्व स्थापित हुन्छ, काम गर्न पनि सहज हुन्छ र चलचित्र क्षेत्रबाटै तपाईंलाई प्राप्त हुने सहयोगमा पनि बढोत्तरी हुन्छ”, उनले भने।

प्रकाशित मिति : १० कार्तिक २०८३, सोमबार  ३ : ४० बजे