मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय



काठमाडौँ । सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । 

केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बुधबार  १ : ५९ बजे