काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलामा प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले पार्टीको शुद्धीकरण, सुदृढीकरण र आगामी स्थानीय निर्वाचनको तयारीलाई केन्द्रमा राखेर उनले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रतिवेदनमा नेता तथा कार्यकर्ताको जीवनशैली र आचरण सुधार, सम्पत्ति स्वघोषणा, आर्थिक पारदर्शिता, निष्पक्ष छानबिन तथा आलोचना–आत्मालोचनाको संस्कृतिलाई प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।
त्यस्तै, पार्टीको जनाधार विस्तार, युवा नेतृत्व विकास, डिजिटल सञ्चार सुदृढीकरण, जनसंगठन परिचालन र जनमुखी कार्यशैली विकासका लागि १५ बुँदे कार्ययोजना अघि सारिएको छ ।





प्रतिक्रिया